• २०८१ बैशाख १७ सोमबार

ड्रग्स प्रकरणमा आर्यन खानलाई क्लीन चिट !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले ड्रग्स मुद्दामा क्लिन चिट पाएका छन् ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ( एनसीबी) ले अदालतमा दायर गरेको आरोपपत्रमा आर्यनको नाम नभएपछि उनले क्लीन चिट पाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ड्रग अन क्रुज मुद्दामा शुक्रबार ६ हजार पृष्ठको आरोपपत्र दायर गरिएको थियो । आर्यनलाई गत अक्टोबर २ मा पक्राउ गरिएको थियो । एसआईटीको अनुसन्धानपछि आर्यनलाई नोभेम्बर ६ मा जमानत दिइएको थियो । यस मुद्दामा आर्यनसहित १९ जनालाई आरोपी बनाइएको थियो ।

एसआईटीले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको बताइएको छ । यस प्रकरणमा आर्यन एक महिना भन्दा बढी जेलमा बसेका थिए । यस प्रकरणका एक आरोपी अहिले पनि जेलमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय