• २०८१ बैशाख १७ सोमबार

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अदालतले जमानत दिएको छ । आर्यनलाई बम्बे उच्च अदालतले विहिबार जमानतमा रिहा गर्न आदेश दिएको हो ।

आर्यनसहित ड्रग्स प्रकरणमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मुम्बईस्थित बम्बे उच्च अदालतमा मंगलबारदेखि शुरु भएको सुनुवाईमा दुवै पक्षले आआफ्नो तर्क पेश गरेपछि अदालतले आज निर्णय सुनाएको हो ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अक्टोबर २ मा आर्यनसहित १७ जनालाई ड्रग्स प्रकरणमा हिरासतमा लिएको थियो ।

हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि यसअघि सेशन कोर्टले आर्यनलाई जमानत दिन अस्वीकार गरेको थियो । 

यसअघि आर्यनको जमानत याचिका दुई पटक अस्वीकार भएको थियो ।  

गत अक्टोबर २ देखि हिरासतमा रहेका आर्यन मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि पक्राउ परेका थिए ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको दाबि गरेको छ । तर मिडिया रिपोर्टका अनुसार आर्यनले ड्रग्स खाएको र ड्रग्स बरामद भएको नभेटिएको उल्लेख गरिएको छ ।

अदालतको आदेशको विस्तृत कागज प्राप्त भएपछि आर्यनसहित तीन जना शुक्रबार जेलबाट रिहा हुने बताइएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै