• २०८१ बैशाख ७ शुक्रबार

धनुषा र सिरहा जोड्ने कमला पुल भाँसियो

kharibot

जनकपुरधाम । अबिरल वर्षाका कारण आएकाे बाढीले धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल पुनः भाँसिएको छ । 

निर्माण पूरा नहुँदै हुलाकी राजमार्ग अन्तर्गत बनाइएको कमला पुल दोस्रो पटक भाँसिएको हाे ।

बुधवार दिउँसो धनुषा तर्फकाे ३ नम्बर पिलर भाँसिएको छ । स्पान भाँसिएको सूचना प्राप्त भए पछि प्राविधिक टोली निरिक्षणका लागि पुलमा पठाइएको हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले जानकारी दिए ।

असार १७ गते सिरहा तर्फबाट कमला पुलको स्पान भाँसिएको थियो । भने निर्माण पूरा भएर हस्तान्तरण गर्ने समयमा पुल पहिलो पटक असार १७ गते भाँसिएको थियो। 

सपिट्टाघाट स्थित निर्माणाधिन कमला पुलको १२ वटा स्पान मध्ये पूर्वबाट पश्चिम तर्फको दोस्रो स्पान भाँसिएको थियो ।

गएको असार १३ गते सम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नु पर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो । तर, हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढी मैं पुलको स्पान भाँसिएको थियो ।

पुल पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले ०६८ सालमा ४२ महिनामा पुल निर्माण सम्पन्न गर्नु पर्ने ठेक्का पाएका थिए । बिच–बिचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै