बुटवल । सुनवलबाट अर्घाखाँची जादै गरेको बस शितगंगा नगरपालिका-२ भुवनपाटामा ब्रेक फेल हुँदा दुर्घटनामा परेको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । अन्य घाइतेको ठाडास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









