• २०८१ बैशाख १७ सोमबार

सप्तरीका साधुले धनुषामा आफ्नैं शरीरमा जमरा उमारे

kharibot

जनकपुरधाम । सप्तरीका एक जना साधुले धनुषामा आफ्नैं शरीरमा जमरा उमारेका छन् ।

धनुषाको कमला नगरपालिका वडा नं.८ र ९ को सीमानामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका खाल्डो खनेर ती साधु सुतेका छन् । उनले आफ्नो शरीर माथि माटो थुपारेर जमरा उमारेका हुँन् ।

सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ वर्षिय मनोज कुमारले देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बस्दै शरीरमा जमरा उमारेका हुन् ।

ऋषिमुनीको देश नेपालमा पहिला पहिलाका ऋषिमुनीहरुले प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्ने गरेको र अहिले बन्द भएको अवस्थाका कारण अरुले नगरे पनि आफूले देश र सबै जनताको नाममा यसरी तपस्या गरिरहेको साधु मनोजले बताए ।

पहिले ऋषिमुनीले देश र समाजका लागि सोंच्दथे, त्यही भएर त्यो बेला देशको अवस्था पनि ठिक रहँन्थ्यो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । साधु मनोजले भने-सबैले आफ्नों लागि मात्रै सोंच्ने गर्दछन् ।’ उनले बताए ।

उनले लगातार २१ वर्ष देखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोज कुमारले जानकारी दिएका छन् ।

देशका पूर्वजले आफ्नों शरीरलाई दुःख, कष्ट दिएर भए पनि अरुलाई सुख दिँदै आए पनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोज कुमारले तपस्याको अर्थ नैं आँफूलाई दुःख दिएर अरुलाई सुख दिनु भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै