• २०८१ माघ २४ बिहीबार

भीम रावलको प्रश्न- विगतमा यस्तै अध्यादेशको चर्को विरोध गर्नेहरू त्यही बाटोमा किन ?

kharibot

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् । 

सरकारले ल्याएको अध्यादेशमाथि सामाजिक सन्जालमा टिप्पणी गर्दै नेता रावलले विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? भनाई प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्-     

दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै