काठमाडौँ । अमेरिकाले कोरोनाविरुद्धको लडाईमा गरेको स्वास्थ्य सामग्रीको सहयोग काठमाडौँ आइपुगेको छ ।
अमेरिकी दुताबासले सहयोगको पहिलो उडान काठमाडौँ आइपुगेको जानकारी दिदै यो सहयोगले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोरोनाविरुद्धको लडाईंमा थप सहयोग गर्ने उल्लेख गरेको छ ।
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको लडाईमा ५० मिलियन डलर भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने बताएको छ ।