काठमाडौँ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीले शुक्रबारनै प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।