Skip This
  • २०८१ असोज २ बुधबार

सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जित बजेट ल्याउँदै

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले भदौ ३१ गते पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने बताएका छन् ।

आज धनगढी आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यही भदौ ३१ गते बजेट ल्याउने तयारी भइरहेको जानकारी गराए । अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा लागिरहेको उल्लेख गर्दै उनले बजेटको आकारमा सामान्य हेरफेर हुने बताए।

मुख्यमन्त्री शाहले जनताको आशा र अपेक्षालाई सम्बोधन हुने गरि बजेट केन्द्रित रहने बताउदै विकासका सवालमा संस्थागत सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले साझा अधिकार कार्यान्वयनमा भएको ढिलाइले चुनौती देखिएको बताए ।

तत्कालीन सरकारले असार १ गते ल्याएको साढे ३१ अर्ब बराबरको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउने तयारी गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै