• २०८१ जेठ ४ शुक्रबार

सांसद बस्नेतको परिवार कोरोनामुक्त : घरमा दशैँको टीकाको चहलपहल

kharibot

तस्वीर : रासस

भक्तपुर । आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दशैँको टीकाको चहलपहल देखिएको छ ।

छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गर्नुभएकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जना कोरोना सङ्क्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बसेका थिए । बुधबार उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उहाँले कोरोनालाई परास्त गरेपछि दशैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताउनुभयो । कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उहाँले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै