• २०८१ जेठ ३ बिहीबार

बिना विकल्प सुकुम्बासीलाई बिच्चल्ली बनाउन पाइदैन- महेश बस्नेत

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब , सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन नपाइने बताएका छन् ।

काठमाडौँ महानगरले बागमती किनारका सुकुम्बासीलाई आज हटाउनेक्रममा भएको झडप बारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले जनतालाई आन्दोलन गर्न बाध्य पार्ने, नगर प्रहरीहरु घाईते हुने कुराले कसैलाई लाभ र फाइदा होला तर जनता र देशलाई फाइदा नहुने बताएका छन् ।

उनले भनेका छन्- 

बिना बिकल्प, बिना क्ष्यतिपूर्ति  सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ । ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पाँस गरेको भू-उपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ ।

चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ । मंसिर महिनाको यो कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती  उठाएर कसैको भलो हुदैन । म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब , सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै