• २०८१ जेठ ४ शुक्रबार

बालेनले भक्तपुर पुगेर महेश बस्नेतलाई भेटे

kharibot

भक्तपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतबीच भेटवार्ता भएको छ । बालेन नेता बस्नेतलाई भेट्न हुनको भक्तपुरस्थित निवास पुगेका थिए ।

भेटमा यसअघि भएका असमझदारीलाई हटाउने उद्धेश्यले बालेनले बस्नेतसँग भेट गरेको बुझिएको छ । यस अघि बालेनले काठमाडौँमा गरेका कामको विषयमा बस्नेतले कडा टिप्पणी गर्दै आएका थिए ।

 

त्यस्तै बालेनले भेटका क्रममा भक्तपुरका केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै