• २०८१ जेठ ३ बिहीबार

महेश बस्नेतको ज्ञानेन्द्रलाई चेतावनी- निर्मल निवासमा बस्न मन नभए दुर्गा प्रसाईको पछि लाग्नु

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा बस्न मन नलागे दुर्गा प्रसाईको पछि लाग्न सुझाव दिएका छन् ।

युवा संघले आज काठमाडौँको तीनकुनेमा आयोजित गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बस्नेतले पुर्व राजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईको पछि लाग्न सुझाव दिएका छन् ।

उनले पूर्व राजालाई एमालेको विरुद्ध नलाग्न समेत चेतावनी दिए ।

बस्नेतले माइतीघरको निषेधाज्ञा तोड्ने परिस्थिति आउन नदिन सरकारलाई चेतावनी दिदै अहिले गणतन्त्र विरोधी तत्व सक्रिय हुदा प्रधानमन्त्री र कांग्रेस मौन रहेको बताए ।

उनले भने- 'हामि यो आन्दोलनलाई सरकारविरुद्धको आन्दोलन, निषेधाज्ञा तोड्नुपर्ने आन्दोलनसम्म नपुगोस भनेर प्रचण्ड सरकारलाई अनुरोध गर्न चाहन्छु । प्रचण्ड सरकारको आयु छोटो छ, आज गणतन्त्रमाथि प्रश्न उठेको छ । हिजो केपी ओली गणतन्त्रवादी होइनन भनेर रुने प्रचण्ड र देउवालाई प्रश्न गर्न चाहन्छु । आज गणतन्त्रमाथि प्रश्न उठ्दा सबैभन्दा पहिला एमाले बोलेको छ ।'

नेता बस्नेतले अराजकतावादीहरुले पुरानो राष्ट्रियगान बजाइरहेको बताउदै उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै