• २०८१ बैशाख २४ सोमबार

भिभोको नयाँ सेल्फि मोबाईल भि-सेभेन नेपाली बजारमा  

kharibot

काठमाडौँ । विश्व बजारमा नेतृत्व गर्दै आईरहेको स्मार्टफोन भिभोले आफ्नो उत्पादन भि सेभेन नेपाली बजारमा ल्याएको छ।

भी सेभेनमा भिन्न फोटोग्राफि विशेषता, स्क्रिन क्वालिटी र समग्र डिजाईन भएको साथै २४ मेगा पिक्सल, फ्रन्ट फेसिङ्ग क्यामरा र फुलभ्यू डिस्प्ले आदि प्रमुख विशेषता रहेका छन् । 

युवाहरुको आवश्यकतालाई बुझेर निरन्तर प्रयाश स्वरुप भिभोले स्टाइलिस र डाईनामिक उत्पादनहरु जसले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरु संकलन गर्न उपभोक्तामाझ भि सेभेन बजारमा ल्याएको दाबी गरेको छ । 

आफ्नो २४ मेगा पिक्सल फ्रन्ट फेसिङ्ग क्यामराको क्रिस्टल क्लियर सेल्फि दिनुका साथै भि सेभेनले उपभोक्ताहरुलाई जहाँ पनि जहिले पनि आफ्नो अमूल्य क्षणहरु जस्ताको तस्तै व्यक्त गर्न सहयोग गर्ने कम्पनिको दाबि छ । 

भि सेभेनमा रहेको फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउनुको साथै रंगहरुमा एकरुपता ल्याउने बताइएको छ । 

त्यस्तै भि सेभेन ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि र्याम छ भने यसमा रहेको फन टच ३.२ ओ.एस विशेषताहरु जस्तै स्मार्ट स्प्लिट ३.० ले भि सेभेनलाई उपभोक्ताहरुको उत्तम साथी बनाएको छ । 

फिन्गर प्रिन्ट सेन्सर बाहेक भि सेभेनमा रहेको भिभोको फेस एक्सीस प्रविधिले फोन अनलक गर्न सजिलो र सुविधाजनक बनाएको छ । यसले तुरुन्तै १०० भन्दा बढी भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउँछ जसले तपाईलाई महत्वपूर्ण क्षणहरु जहाँ पनि जहिले पनि खिच्न अनुमति दिन्छ । 

भिभोको भि सेभेन मोवाईल फोन ३ डिसेम्बर २०१७ बाट बजारमा उपलब्ध हुन्छ भने यसको प्रि-बुकिङ्ग आजैको मितिबाट शुरु भएको जानकारी कम्पनीले गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै