• २०८१ बैशाख २४ सोमबार

भिभोको भिभो एस १ स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

kharibot

काठमाडौं । भिभोले आफ्नो एस सिरिज अन्तर्गतको पहिलो स्मार्टफोन भिभो एस १ लन्च गरेको छ । बिहीबार लन्च गरिएको भिभो एस १ मा पनि भिभो भी १५ प्रोको जस्तै पपअप सेल्फी क्यामेरा रहेको छ ।

केही दिनअघि मात्रै एक चिनियाँ वेबसाइटमा देखिएको भिभो एस १ लाई बिहीबार भने कम्पनीले आधिकारिक रुपमा सार्वजनिक गरेको हो । अप्रिल १ देखि प्रिबुकिंग सुरु हुने यस फोन अप्रिल ३ देखि बिक्री गरिने बताइएको छ । तर यो फोन नेपाली बजारमा भने कहिलेदेखि उपलब्ध हुने छ भन्नेबारे केही जनाइएको छैन ।   

६ जीबी र्याम क्षमता भएको भिभो एस १ मा १२८ जीबी स्टोरेज क्षमता रहेको छ जसलाई माइक्रो एसडी कार्डद्वारा २५६ जीबीसम्म बढाउन मिल्ने छ । त्यसैगरी फोनमा मिडिया टेकको हेलियो पी ७० प्रोसेसर रहेको छ । त्यस्तै फोनमा ६.५३ इन्चको फुल एचडी डिस्प्ले जसको रिजोलुसन २३४०x१०८० रहेको छ । यस फोनको आस्पेक्ट रेसियो भने १९.५:९ रहेको छ ।

फोनको पछाडीपट्टि १२ मेगापिक्सेल, ८ मेगापिक्सेल र ५ मेगापिक्सेलका तीनवटा क्यामेरा लेन्स रहेका छन् । त्यसैगरी फोनमा २४.८ मेगापिक्सेलको पपअप सेल्फी क्यामेरा लेन्स रहेको छ ।

यसका साथै भिभो एस १ मा गुगलको एण्ड्रोइड ९.० पाइ अपरेटिंग सिस्टम रहेको छ भने यसको युजर इन्टरफेस भने भिभोको आफ्नै फनटच ओएस ९ रहेको छ जसलाई एप्पलको आइओएससँग तुलना गर्ने गरिएको छ । त्यसैगरी फोनमा ३९४० एमएएच क्षमता भएको ब्याट्री र १८ वाटको फास्ट चार्जिग सुविधा रहेको छ ।

त्यस्तै फोनमा एसेलेरोमीटर, एम्बियन्ट लाईट सेन्सर, प्रोक्सिमीटि सेन्सर, फिंगरप्रिन्ट सेन्सर, म्यागनेटोमिटर, गाइरेस्कोप जस्ता सेन्सरहरू उपलब्ध छन् ।

१८९.५० ग्राम गरुङ्गो यस स्मार्ट फोनको लम्बाई १६१.९७ मिलिमिटर, चौडाई ७५.९३ मिलिमिटर र मोटाइ ८.५४ मिलिमिटर रहेको छ । निलो र गुलाबी रंगमा उपलब्ध हुने भिभो एस १ को मूल्य २२९० चिनियाँ युयान तोकिएको छ ।

चीनको बीबीके इलेक्ट्रोनिक्सको स्वामित्व रहेको भिभो विशेष गरी मध्यम र कम बजेटका स्मार्टफोनहरूका लागि लोकप्रिय रहेको छ । यसअघि भिभोले मार्चको सुरुतिर ३२ मेगापिक्सेल पपअप सेल्फी क्यामेरा भएको भिभो भी १५ प्रो लन्च गरेको थियो ।

विशेष गरी भी सिरिज संस्करणका फोनहरू लोकप्रिय रहेको भिभोका अन्य संस्करणहरूमा  नेक्स सिरिज, एक्स सिरिज, जेट सिरिज, वाई सिरिज र यू सिरिज रहेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै