• २०८१ बैशाख २४ सोमबार

आइपिएलको मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभो हट्यो

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारत र चीनबीच पछिल्लो समय बिग्रिएको सम्बन्धको असर इण्डियन प्रिमियर लिग (आइपिएल) मा समेत परेको छ ।

आइपिएलको मुख्य प्रायोजक रहेको चिनियाँ मोबाइल कम्पनी भिभोलाई आइपिएलको मुख्य प्रायोजकबाट हटाइएको छ ।

भारतीय मिडियाहरुका अनुसार अब भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यस सिजनको आइपिएलका लागि नयाँ प्रायोजक खोजिरहेको छ ।

आइपिएलसँग भिभोको २०२२ सम्म सम्झौता रहेपनि चीनसँगको सम्बन्ध बिग्रिएका आधारमा बोर्ड भिभोलाई हटाउने निर्णयमा पुगेको बताइएको छ । यस अघि गत सोमबार बसेको आइपिएल गभर्निंग काउन्सिलको बैठकमा भने भिभोलाई हटाउने बारेमा निर्णय लिइएको थिएन । तर चौतर्फी विरोधपछि बोर्डले भिभोलाई हटाएको बताइएको छ ।

भिभोले आइपिएलमा मुख्य प्रायोजक भएवापत बोर्डलाई हरेक बर्ष ४४० करोड भारतीय रुपैयाँ दिने गर्दथ्यो ।

यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुदै छ । आइपिएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । त्यस्तै आइपिएल ५३ सम्म खेलिने छ ।

त्यस्तै यस पटक एक दिनमा २ खेल खेलिने बोर्डले निर्णय गरेको छ । त्यस्तै पहिलो खेल नेपाली समय अनुसार दिउसो ३:४५ खेलिने भएको छ भने दोस्रो खेल राति ७:४५ बजे खेलिने छ ।

त्यस्तै फ़्रेन्चाइजीलाई जति चाह्यो त्यति नै खेलाडी कोरोनाको सट्टा बदल्न सक्ने नियम बनाउन सकिएको छ ।

साथै फ़्रेन्चाइजी टिम अगस्त २७ मा युएईका लागि प्रस्थान गर्ने तालिका बनाइएको छ ।

यसका साथै यस बर्ष महिला आइपिएल पनि हुने र यसका लागि चार टिम बनाइएको छ ।

साथै आइपिएलका शुरुवाती खेल बिना दर्शक खेलाइने भएपनि अन्तिम चरणका खेलमा दर्शकलाई स्टेडियममा प्रवेश दिने बारेमा छलफल भइरहेको बताइएको छ ।

साथै खेलको विस्तृत  तालिका आज सार्बजनिक हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस अघि २०१४ मा पनि भारतमा आम निर्वाचन भएका बेला युएईमा नै आइपिएलका शुरुवाती चरणका खेलहरु भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै