• २०८१ जेठ ६ आइतबार

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

kharibot

प्रतिनिधि तस्बीर

कलैया । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । 

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए । 

उत्पादित दलहनको  प्रतिक्विन्टल  रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताए ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन  उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै