• २०८१ बैशाख १७ सोमबार

सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैकको निर्देशन

kharibot

काठमाडौ । सफा नोट नीतिलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन राष्ट्र बैकले निर्देशन दिएको छ ।

आईतबार अनुमती प्राप्त सबै किसिमका बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले उक्त निर्देशन दिएको हो । 

यसअघि राष्ट्र बैंकले २०७३ बैशाख १२ सफा नोट नीति २०७३ नीति जारी गरेको थियो ।

सोही नीतिलाई संसोधन गर्दे राष्ट्र बैंकले परिपत्र जारी गर्दे आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई एटिएम लगायतका मेशिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा बिभाजन गर्नुपर्न, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा भने सेतो रंग प्रयोग गर्न र एटिएम लगायतका मेसिनहरुको माध्यमबाट एटिएम मेसिनमा पठाउन योग्य नोटको प्याकिङमा हरियो रंगको स्लिप र अयोग्य नोटमा रातो रंगको स्लिप प्रयोग गर्न निर्देशन दिएको हो ।

यसरी बर्गिकरण गरी छुट्याएको स्लिपहरुमा बैंक तथा बित्तीय संस्थाको नाम, शाखा कार्यालयको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिती अनिवार्यरुपमा उल्लेख गर्नुु पर्ने छ । नोटमा स्टीचको प्रयोग गर्न भने पाईने छैन । 

यसमा आवस्यकता अनुसार रबर, प्लाष्टिक पेपर बैण्ड आदि प्रयोग गर्न सकिने छ ।  साथै नोटमा नलेख्ने, केरमेट नर्गर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । परिरपत्र अनुसार झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरु नबुझिने भएको, राजाको चित्र अंकित भएका आदि नोटहरुलाई भने पुन निष्काशन अयोग्य नोटकोरुपमा गणना गर्नुपर्ने गर्न समेत राष्ट्र बैकले निर्देशन दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै