• २०८१ बैशाख १७ सोमबार

अर्थतन्त्रको मनोवल गिर्न नदिन राष्ट्र बैकले लचकता देखाएको हो- गर्भनर अधिकारी

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फ ११।५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको बताएका छन् । 

मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको बताएका हुन् । 

उनले भने- ‘अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौं । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ । त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसावले हामीले यो दरलाई अति तल झारेका छौं । समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं ।’ 

गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आफ्नो आफ्नो कार्ययोजनामा कार्यन्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताए । 

राष्ट्रबैकले ल्याएको नीतिमा निजी क्षेत्रको कर्जालाई कार्यविधि बनाएर ल्याएको पनि उनले स्पष्ट पारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै