• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैकले आगामी आईतबार ३५ अर्बको बिकास ऋणपत्र जारी गर्ने

kharibot

काठमाडौ । आगामी आईतबार नेपाल राष्ट्र बैकले ३५ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार बोलकबोलमार्फत् तीन बर्षे अवधिको विकास ऋणपत्र २०८०“घ” बिक्री गर्न लागिएको हो । 

ऋणपत्र खरीदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नु पर्ने राष्ट्र बैकले जनाएको छ । बोलकबोलको माध्यमबाट व्याजदर निर्धारण हुने यो ऋणपत्रमा धितो राखी कर्जा लिन-दिन पाइने सुबिधा रहेको छ ।

निष्काशन मिती बिस २०७७ बैशाख आठ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती बिसं २०८० तोकिएको छ । खरीदकर्ताहरुले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने प्रावधान तोकिएको ऋणपत्रको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् २९ अर्व ७५ करोड र पाँच अर्ब २५ करोड छुट्ट्याइएको छ । 

खरिदकर्ताहरुले घटीमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर खरिद ऋणपत्र खरिद गर्न सक्नेछन ।

ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् भने राष्ट्र बैंकबाट इजाजत प्राप्त बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन ।

ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै