• २०८१ बैशाख १७ सोमबार

उद्योगीहरुले कर्जा तिर्ने म्याद ६ - १२ महिनासम्म थप    

kharibot

फाइल तस्वीर

काठमाडौ । उद्योगीहरुले बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जाको व्याज तिर्नको लागि छ महिना देखि एक बर्षसम्मको समय पाउने भएकाछन ।

नेपाल राष्ट्र बैकले आज शुक्रबार आर्थिक बर्ष २०७७, ०७८ को लागि मौद्रिक नीति उक्त व्यवस्था गरेको हो । गर्भनर महाप्रशाद अधिकारीको पहिलो मौद्रिक नीतिले कोरोना भाईरस (कोभिड १९) ले कमजोर बनेको अर्थतन्त्रलाई माथि उकास्नको लागि यस्तो नीति तय गरेको हो ।

राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधि रहेकोमा त्यसको म्याद छ महिनादेखि एक बर्षसम्म थप गरेको छ । मौद्रिक नीतिले कोभिड १९ को प्रभाव सामान्य मात्र देखिएको क्षेत्रमा पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरेको छ । मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ ।

मौद्रिक नीतिले अति प्रभावित क्षेत्रको सुचीमा राखेको कर्जाको हकमा भने कर्जाको तिर्ने समय एक बर्षको लागि थप गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै