• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैकद्धारा नयाँ नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली रुपैयाँ पाँच रुपैयाँ दरका ३० करोड अर्थात एक अर्ब ५० करोड रुपैयाँ र १० रुपैयाँ दरका ३४ करोड थान अर्थात तीन अर्ब ४० करोड रुपैयाँ बराबरको नयाँ नोट छपाईको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरिएको हो । 

नोट छपाईको लागि १४ जनवरी २०२० मा टेण्डर आव्हान गरेकोमा सबै भन्दा कम दरमा टेण्डर पेस गर्ने चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेससंग सम्झौता गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।

यस अन्तर्गत पाँच रुपैयाँ दरको ३० करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डलर ४३ लाख ९७ हजार पाँच सय र १० रुपैयाँ दरका ३४ करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डदर ४१ लाख ४० हजार चार सयमा खरिद सम्झौता गरिएको राष्ट्र बैकले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै