काठमाडौँ । रियल म्याड्रिडले सुपर कपमा म्यान्चेस्टर युनाईटेडलाई पराजित गर्दै उपाधि जितेको छ । गएराती भएको खेलमा रियलले युनाइटेडलाई २-१ गो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
रियलको जितमा खेलको २४औ मिनेटमा डेनियल कर्भाजलको पासमा कासमिरोले गोल गरेका थिए भने दोस्रो गोल ग्यारेथ बेलको पासमा इस्कोले गरेका थिए । युनाइटेडले खेलको ६२औ मिनेटमा लुकाकुको गोलमा खेलमा फर्किने कोशिश गरेपनि त्यसपछि कुनै गोल गर्न सकेन र खेल २-१ ले गुमाउन पुग्यो ।
सुपर कपमा रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने खेलको ८३औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।