• २०८१ बैशाख ३१ सोमबार

भ्यालेन्सियामाथि रियलम्याड्रिडको फराकिलो जित, रोनाल्डोले गरे दुई गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा अन्तर्गत रियल म्याड्रिडले जित हात पारेको छ । गएराती भएको खेलमा भ्यालेन्सियामाथि रियलले ४-१ गोल अन्तरले जित हासिल गरेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउने क्रममा क्रिष्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने मर्सेलो र टोनी क्रुजले एक एक गोल गरेका थिए । रोनाल्डोले खेलको १६औं र ३८औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५८औं मिनेटमा सान्टी मिनाले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।  दोस्रो आफमा निकै आक्रामक देखिएको भ्यालेन्सियाले आक्रमणलाई गोलमा परिणत गर्न सकेको थिएन । तर खेलको ८४औं मिनेटमा मार्सेलोले र ८९औं मिनेटमा टोनी क्रुजले गोल गर्दै रियललाई ४-१ को महत्वपूर्ण जित दिलाए ।

जितसँगै रियल म्याड्रिड २० खेल खेल्दै ३८ अंकसहित लिगको चौथो स्थानमा नै रहेको छ भने भ्यालेन्सिया २१ खेल खेल्दै ४० अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै