• २०८१ बैशाख ३१ सोमबार

सुपरकपमा रियल म्याड्रिडद्वारा बार्सिलोना पराजित, रोनाल्डोले पाए रातो कार्ड  

kharibot

जितपछि रियलका खेलाडीहरु

काठमाडौँ । सुपरकपको पहिलो लिगमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

गएराती भएको खेलमा रुय्लले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डो, मार्को असेन्सियोले एक एक गोल गरेका थिए भने बार्सिलोनाका जेरार्ड पिकेले आत्मघाती गोल गरेका थिए ।

बार्सिलोनाका लागि एक गोल लियोनेल मेसीले पेनाल्टी मार्फत गरेका थिए ।

खेलमा रोनाल्डोले दोहोरो पहेलो कार्डपाएपछि रातो कार्ड पाएर बाहिरिदा म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । रोनाल्डोले रातो कार्ड पाएपछि रेफ्रीलाई धक्काएका पछि रोनाल्डो विवादमा परेका छन् । उनले दोस्रो पहेलो कार्ड पाए पछि रेफ्रीले देखाएको रातो कार्डमा सन्तुष्टि व्यक्त गर्दै रेफ्रीलाई धक्काएका थिए । रोनाल्डोले ७९ मिनेटमा पहिलो गोल गर्दा जर्सी खोलेर खुशी मनाए पछि पहिलो पहेलो कार्ड पाएका थिए भने त्यसको केहि समय पछि बार्सिलोनाको डी बक्स भित्र गोल गर्न खोज्दा लडेको नाटक गरेको भन्दै रेफ्रीले दोस्रो पहेलो कार्ड दिएका थिए ।

सुपरकपको दोस्रो लिग आगामी अगस्त १७ मा हुदै छ ।

भिडियोमा हेर्नुस रोनाल्डोले यसरी पाएका थिए रातो कार्ड :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै