• २०८१ बैशाख १६ आइतबार

सुपर कपमा रियल म्याड्रिडद्वारा म्यानचेस्टर युनाइटेड पराजित 

kharibot

जितपछि खुशियाली मनाउदै रियलका खेलाडीहरु

काठमाडौँ  ।  रियल म्याड्रिडले सुपर कपमा म्यान्चेस्टर युनाईटेडलाई पराजित गर्दै उपाधि जितेको छ । गएराती भएको खेलमा रियलले युनाइटेडलाई २-१ गो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

रियलको जितमा खेलको २४औ मिनेटमा डेनियल कर्भाजलको पासमा कासमिरोले गोल गरेका थिए भने दोस्रो गोल ग्यारेथ बेलको पासमा इस्कोले गरेका थिए । युनाइटेडले खेलको ६२औ मिनेटमा लुकाकुको गोलमा खेलमा फर्किने कोशिश गरेपनि त्यसपछि कुनै गोल गर्न सकेन र खेल २-१ ले गुमाउन पुग्यो ।

सुपर कपमा रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने खेलको ८३औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै