• २०८१ बैशाख ३१ सोमबार

रियल म्याड्रिड बराबरीमा रोकियो, एसेन्सिओले हारबाट जोगाए

kharibot

काठमाडौँ ।  स्पेनिस च्याम्पियन रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा दोस्रो खेल बराबरीमा चित्त बुझाएको छ ।  सिजनको पहिलो खेलमा विजयी सुरुवात गरेको म्याड्रिडले दोस्रो खेल हारको मुखबाट जोगिदै बराबरीमा चित्त बुझाएको हो । 

आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भयो ।  रोनाल्डो बिना मैदानमा उत्रिएको म्याड्रिडलाई हारबाट मार्को एसेन्सिओ जोगाएका थिए ।

भ्यालेन्सियाले २-१ को अग्रता लिइरहेको बेला खेलको ८३औ मिनेटमा मार्को एसेन्सिओले रियलका लागि र आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

यसअघि खेलको १०औं मिनेटमा एसेन्सिओको गोलबाट रियलले अग्रता लिएको भएपनि त्यसको ८ मिनेटपछि कार्लोस सोलेरले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काएका थिए । खेलको ७७औं  मिनेटमा जियोफ्फ्री कोन्डोग्बिएले गोल गर्दै भ्यालेन्सियालाई २-१ को अग्रता दिलाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै