• २०८१ बैशाख ३१ सोमबार

स्पेनिस ला लिगामा रियल म्याड्रिड र बार्सिलोनाले विजयी सुरुवात

kharibot

काठमाडौँ ।  स्पेनिस ला लिगामा रियल म्याड्रिड र बार्सिलोनाले विजयी सुरुवात गरेका छन् । गएराती भएका खेलमा रियल र बार्सिलोनाले आआफ्ना खेल जित्दै नयाँ सिजनमा विजयी सुरुवात गरेका हुन् ।

रियल म्याड्रिडले डिपोर्टिभो ला कुरनालाई ३-० ले पराजित गरेको छ । रियलका लागि ग्यारेथ बेल, क्यासेमिरो र टोनी क्रुजले गोल गरेका थिए ।

खेलको २०औ मिनेटमा करीम बेन्जमाको पासमा ग्यारेथ बेलले ग्ल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २७औ मिनेटमा मार्सेलोको पासमा क्यासेमिरोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।  

खेलको ६२औ मिनेटमा ग्यारेथ बेलको पासमा टोनी क्रुजले गोल गर्दै रियलले ३-० को अग्रता हासिल गर्यो र खेल सजिलै जित्यो । खेल अगाडी रियलका म्यानेजर जिनेदिन जिदानले यस सिजन ग्यारेथ बेलको लागि महत्वपूर्ण सिजन हुने बताएसँगै बेलले यस खेलमा गोल गरेर आफ्ना म्यानेजरको कुरालाई प्रमाणित गरेका छन् ।  आफ्ना स्टार खेलाडी रोनाल्डो प्रतिबन्धमा परेर मैदान बाहिर रहेको खेलको अन्तिम समयमा कप्तान सर्जियो रामोसले दोहोरो पहेलो कार्ड पाए पछि रातो कार्ड पाएर मैदान छोड्नु परेको थियो ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा फुटबलको पावरहाउस बार्सिलोनाले रियल बेटिसलाई पराजित गर्दै आफ्नो हारको सिलसिलालाई रोकेको छ ।

यसअघि रियल म्याड्रिडसँग स्पेनिस सुपर कपमा दुई खेलमा पराजित भएपछि चर्को आलोचना बेहोरेको बार्सिलोनाले यस खेलमा सर्जियो रोबोर्ट र ए टोस्काको आत्मघाती गोलको मद्धतले २-० ले जितेको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै