• २०८१ बैशाख १७ सोमबार

पुलित्जर पुरस्कार घोषणा, न्यूयोर्क टाइम्सको अग्रता

kharibot

प्रतिनिधि तस्बीर ।

न्यूयोर्क । गत महीना कोरोनाभाइरस सङ्कटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ ।

पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्राष्ट्रिय पुरस्कार ‘न्यूयोर्क टाइम्स’ ले विभिन्न तीन विधामा हात पारेको छ । त्यसैगरी ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ पनि यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ ।

पुरस्कारको शुरुवात सन् १९१७ मा गरिएको हो । भ्रष्टाचार, कानून र नश्लवाद जस्ता मुद्दालाई उजागर गरेका यी तीन संस्थालाई यिनै मुद्दामाथि गरेको रिपोर्टका आधारमा पुरस्कृत गरिएको बताइएको छ । 

पुरस्कार बोर्डका प्रशासक डाना केनेडीले कोरोनाभाइरस प्रकोपका कारण भव्य समारोहमा जमघट नगरिकन यूट्युबमा लाइभ स्ट्रिमका माध्यमले विजेताको घोषणा गरिएको जानकारी गराएका छन् । उनले ‘न्यूयोर्क टाइम्स’लाई सबैभन्दा बढी तीन, ‘द न्यूयोर्कर’लाई दुई र ‘प्रो पब्लिका’लाई एउटा पुरस्कार प्राप्त भएको उक्त अवसरमा घोषणा गरिएको थियो ।

न्यूयोर्कका ब्रायन एम रोसेन्थलको न्यूयोर्क शहरका ट्याक्सी उद्योगमा खोजी रिपोर्टका लागि पुरस्कार दिइएको उनले बताए । कसरी कमजोर चालकहरुको लाभ उठाएर कर्जाको बजार फस्टाइरहेको छ भन्ने रिपोर्टमा उल्लेख गरिएको थियो । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका कहानीको एक शृंखलावद्ध रिपोर्टिङका लागि पनि अन्तर्राष्ट्रिय पुरस्कार दिइएको छ ।

अलास्कामा यौनहिंसाको खोज र अनुसन्धानमूलक रिपोर्टका लागि ‘एङ्करेज डेली न्यूज’लाई र ‘प्रो पब्लिकालाई संयुक्तरुपमा सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड प्राप्त भएको छ ।

यसबाहेक ‘द वाशिङ्गटन पोस्ट, असोसिएटेड प्रेस, द लोल एन्जिलिस टाइम्स, द बाल्टिमोर सन, द फिलिस्तिन हेराल्ड प्रेस’ लाई पनि अलग अलग समाचारका लागि पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ ।

रोयटर्सले हङकङको विरोध प्रदर्शनका तस्वीरका लागि ब्रेकिङ न्यूज फोटोग्राफी पुरस्कार पाएको छ भने कश्मीर घाटीको स्थिति फोटो मार्फत दर्शाएकाले एसोसिएटेड प्रेससँग आबद्ध भारतीय फोटो पत्रकारले पनि फिचर फोटोग्राफी क्षेत्रको अवार्ड प्राप्त गरेका छन् । 

त्यस्तै केन्टुकीको लेक्सिङ्कनस्थित कुरियर जर्नलले ब्रेकिङ् समाचार रिपोर्टका लागि पुरस्कार पाएको छ । जसले केनिटुकीका तत्कालिन गभर्नर मट बेभिनले गल्तीका लागि अन्तिम समयमा याचना गरेको माफीलाई सयौँ समाचार बनाएर बजारमा ल्याएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै