• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैकले ४० करोडको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैकले ४० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बार्षिक १० प्रतिसत व्याजदर कायम रहने गरी पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र २०८२ बिक्री गर्न लागिएको हो । 

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन । 

घटीमा दशहजार रुपैयाँ र बढीमा रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकम सम्म खरिद गर्न सकिने यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

बैशाख एक गते सोमबारदेखि बिसं २०७७ असार २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिती २०७७ बैशाख २७, जेठ २७ गते र असार २७ गते तोकिएको छ । बचतपत्रको सावाँ भुक्तानी अवधि भने २०८२ बैशाख २८ गते, जेठ २८ गते र असार २८ गते तोकिएको छ । 

बचतपत्र खरिदको सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफ प्राली मार्फत खरिद गर्न सकिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै