• २०८१ बैशाख २१ शुक्रबार

पुरुषमा पनि स्तन क्यान्सर हुन सक्ने, के के छन् लक्षणहरु?

kharibot

प्रायजसो स्तन क्यान्सर केवल महिलालाई मात्र हुने रोग भनिन्छ, तर थुप्रै देशमा गरिएको अध्ययनको अनुसार महिलामा मात्र नभएर पुरुषमा पनि स्तन क्यान्सर हुन सक्ने तथ्य पत्ता लागेको छ ।

सन् १९८५ देखि २००७ बीच मोरोक्को स्थित रबत राष्ट्रिय ओन्कोलोजी केन्द्र (एन आइ ओ आर) मा गरिएको अध्ययनको अनुसार मोरोक्कोमा एक सय २७ पुरुषमा स्तन क्यान्सर भेटियो ।

अध्ययनको अनुसार पुरुषहरुमा हुने क्यान्सर मध्य एक प्रतिशत बिरामीलाई स्तन क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । युवाहरुलाई पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ । कतिपय देशमा पुरुषकोलागी स्तन क्यान्सर जाँच गर्नको लागि मेमोग्राम जस्तो कार्यक्रम उपलब्ध छैन ।

विश्व स्वास्थ्य संगठनको लागि क्यान्सरको उक्त प्रतिवेदन तयार गर्ने बनार्ड स्टिवर्टको अनुसार यस विषयमा सरकारले योजना बनाउनुपर्ने आवस्यक रहेको बताउछन् ।

गायिका बियोन्सेको पिता मेथ्यु नोल्सको खुलासा

हलिवुड गायिका बियोन्सेका पिता मेथ्यु नोल्सले गत महिना आफु स्तन क्यान्सरबाट ग्रसित भएको खुलासा गरेका थिए । मेथ्युले टिभी कार्यक्रम ‘गुड मर्निङ अमेरिकाको एक एपिसोडमा आफ्नो यस बिमारीको बारेमा बताएका थिए ।

जर्मनीमा हरेक वर्ष छ सय केस

जर्मनीमा हरेक वर्ष करिब छ सय जना पुरष स्तन क्यान्सरको बिरामी भएको पाइएको छ, भने महिलाको संख्या ७४ हजार पाँच सय रहेको छ ।

जर्मन सोसाइटी अफ युरोलोजीका प्राध्यापक सबिने क्लिस भन्छन् , “यो महिलाको तुलनामा निकै कम हो तर यस विषयमा जनचेतनाको माध्यम बाट थुप्रैको ज्यान जोगाउन सकिन्छ ।”

पुरुष हरुलाई लाग्छ कि उनीहरुलाई स्तन क्यान्सर हुँदैन त्यसैले क्यान्सरको लक्षण देखिँदापनि त्यसलाई गम्भीरतापूर्वक लिदैनन् र डाक्टर सम्म पुग्दा निकै ढिलो हुने गर्छ ।

छातीमा गाँठो बन्छ

प्राय बढी उमेरका पुरुषको छातीमा गाँठो देखिने गर्दछ । यसलाई कुनै पनि हालतमा वेवास्ता गर्नुहुँदैन । यो स्तन क्यान्सरको लक्षण पनि हुनसक्छ र यस्तो गाँठोमा दुखाई पनि हुँदैन । क्यान्सर बढ्दै गएपछि गाँठो सुन्निएर घाँटीसम्म पुग्छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार यसै क्रममा क्यान्सरको बिरामीको संख्या बढ्दै जाने हो भने सन् २०३० सम्म संसारमा ७५ वर्षको उमेर पुग्नुभन्दा पहिला पाँच मध्य एक जना पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना देखिन्छ । साथै आठ मध्य एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

पश्चिमी देशहरुमा स्तन क्यान्सर तिब्र रुपमा फैलीरेहेको छ । हरेक आठ मध्य एक जना महिलाको स्तन क्यान्सरबाट पिडित छन् ।

स्तन क्यान्सरको लक्षणहरु :

छाती सुन्निनु, स्तनको मुन्टि भित्र पस्नु वा दुख्नु, स्तनबाट रगत वा पिप बग्नु, निप्पल नजिकै वा वरपर लम्प(मासुको डल्लो ) पलाउनु, छातिको छाला वा मुन्टि रातो हुनु, काखीमुनि लम्प पलाउनु, छातिको आकारमा अस्वभाविक परिवर्तन आउनु स्तन क्यान्सरका लक्षण हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै