• २०८१ बैशाख २१ शुक्रबार

नौ पाकिस्तानी महिलामा एक जनालाई स्तन क्यान्सर !

kharibot

एशियामा सबै भन्दा बढि स्तन क्यान्सरको बिरामी दर भएको राष्ट्र पाकिस्तान हो । स्तन क्यान्सरको उपचारको लागि यसको प्रारम्भिक पहिचान हुनु आवश्यक हुन्छ तर पाकिस्तानी महिला आफ्नो संस्कृति र समाजको डरका कारण सो अवस्था अगाडी नल्याउने  चिकित्सा विशेषज्ञहरू चिन्ता छ ।

विश्व स्वास्थ संगठनको प्रतिबेदन अनुसार पाकिस्तानमा मात्र स्तन क्यान्सरले वर्षेनी १७ हजार महिलाको ज्यान जाने गरेको छ । विभिन्न संघ-संस्था र डाक्टरहरु को अनुसार एक वर्षमा मृत्यु दर लगभग ४० हजार रहेको बताउछन् । 

प्रत्येक नौ पाकिस्तानी महिलामा एक जनालाई स्तन क्यान्सर भएको पाइएको छ तर सांस्कृतिक मुल्य मान्यता र सामाजिक वर्जितका कारण ती महिला बचाउन कुनै सहयोग मिल्न निकै गाह्रो रहेको छ ।

क्यान्सर पिडितको लागि सहयोग गर्ने संस्था पिंक रिबन फाउन्डेसका संचालक ओमार अफताब भन्छन्, " स्तन महिलाको शारीरिक सुन्दरता तथा सेक्सुयालिटि को महत्वपूर्ण अंगको रुपमा रहेकाले समाजमा यो निकै जटिल विषय बनेको छ र यो रोग भन्दा पनि सेक्सुयालिटिको मुद्दाको रुपमा लिइन्छ । 

क्यान्सर पिडित भन्छन् यो एउटा लामो एक्लो यात्रा हो ।

प्राथमिक विध्यालय शिक्षिका सिल्भट जफर, उनी २० वर्षको हुदा स्तनमा ढेलो भेटिएको थियो र 

आफ्नो परिवारबाट उनले उक्त कुरा लुकाएर राखेकी थिइन् । उनको परिवार त्यो समयमा छुट्टि मनाउन डिस्नी वर्ल्ड घुम्न जान लागेकोले परिवारको खुसी हेरेर क्यान्सर चेक गर्न नगएको बताउँछिन् । 

उनि भन्छिन्, "हाम्रो समाजमा नारीले चुपचाप सब कुरा गोप्य राख्नु पर्ने बाध्यता छ, आमा बितिसकेको र घरमा अरु कोही महिला नहुदा मैले क्यान्सरको कुरा कसैलाई नबताउने निर्णय लिए ।" 

उनको अनुसार छुट्टि मनाउने क्रममा उनले ठुलो साइजको लुगा लगाइन् र आफ्नो स्तनको लम्प नदेखिने गरि सबै दु:ख-पिडा सहन बाध्य भइन् ।

छ महिना पछि जब सिल्भटले डाइग्नोसिस गरिन् तब धेरै ढिला भैसेकेको थियो, उनको क्यान्सर तेस्रो चरण अर्थात् स्टेज थ्री मा पुगिसकेको थियो । छातीमा भएको ट्युमर बढेर निकै ठुलो भएको थियो र त्यसले शरीरको अरु अंगमा समेत फैलिले खतरा बढेको रहेछ र उनको उपचार तुरुन्तै सुरु गरियो ।

लाहोर, इस्तफाक हस्पिटलमा स्तन क्यान्सर उपचार गरिने क्लिनिक चलारहेकी पाकिस्तानको टप स्तन क्यान्सर सर्जन मध्य एक डा.हुमा मजिद भन्छिन्, " यो समस्या नौलो होइन ।"

उनले सय भन्दा बढि स्तन क्यान्सरको बिरामी उपचार गरिसकेकी छिन् । 

महिला आफू भन्दा पनि पहिला परिवारको बारेमा सोचछन् । कतिपय महिला यस विषयमा कुरा गर्न पनि लजाउछन् ।

उनि भन्छिन्, महिलाहरु आफ्नो रोगको विषयमा खुलेर कुरा गर्न चाहदैनन् , ‘लजाउछन्’ त्यसैले पनि उनीहरुको सहयोग गर्न कठिन भएको छ ।

कतिपय महिला तथा उनका श्रीमान, पुरुष चिकित्सकबाट उपचार गर्न मान्दैनन् किन भने स्तनलाई इन्टिमेट अंगको रुपमा लिईन्छ ।

यसको अरु पनि कारण छन्, पाकिस्तानमा पितृसत्तात्मक समाज छ जसमा महिलाको स्वास्थ्यको बारेमा कम चासो राखिन्छ, प्राय महिला आफ्नो उपचारको लागि परिवारको पुरुष सदस्यको भर परेका हुन्छन् र उपचार केवल ठुला शहरमा मात्र सम्भव छ ।”

आर्थिक कारण 

यदि कुनै महिलालाई उपचार गर्नु पर्यो भने उनलाई ठुलो शहर पुग्न लामो यात्रा गर्नुपर्छ र सम्पूर्ण परिवार नै उनि संग जानुपर्ने हुन्छ ।

पुरुषलाई आफ्नो कामबाट छुट्टी लिएर उनि संगै शहर जानुपर्ने हुन्छ जसमा पनि खर्च धेरै हुन्छ 

यसले गर्दा गाउँमा बस्ने आर्थिक अवस्था कम्जोर भएका महिलाको लागि उपचार असम्भव रहेको छ ।

सोबिया २० वर्षकी भईन्, उनी आफ्नो शल्यक्रिया पछि पहिलो पटक पोस्ट-अपरेटिभ चेकअप को लागि जादै छिन्, केहि महिना अगाडी उनको स्तनको सानो गाँठो हटाईएको थियो ।

पछिल्लो वर्ष क्यान्सरले गर्दा उनले आफ्नो बुबालाई गुमाएकी थिईन् । उनले आफ्नो सानो भाई बहिनीलाई सम्हाल्नको लागि आफ्नो शिक्षक पेशा छोडेकी थिइन् ।

उनले लाहोरमा रहेको अस्पतालमा जांच गराउन दुई घण्टा आधा यात्रा गरेकी हुन् । उनको कुनै परिवारको सदस्य र साथीलाई स्तन क्यान्सरको बारेमा थाहा छैन । उनले घरमा किनमेल गर्न  जाँदैछु भनेर बहाना बनाएकी छिन् ।

उनि भन्छिन् , “यो निकै संवेदनशील विषय हो, यो शरीरको गोप्य अंगको बरेमा भएको कारण आरु संग चर्चा गर्न पनि मिल्दैन, विशेष गरि अविवाहित महिलाहरुलाई बढी समस्या हुन्छ, उनीहरुले सकेसम्म यस रोगको बारेमा लुकाउनुपर्छ नत्र विवाहको प्रस्ताव आउदैन , कोहि पनि स्तन क्यान्सर भएको युवती संग विवाह गर्न चाहदैनन् ।”

पहिलो कुरा, रोगले गर्दा तनाव बढ्दै जान्छ र त्यस पछि विवाहको प्रस्ताव नआउने डरले  मानसिक यातना दिन थाल्छ ।

सिल्वट जफरको उपचार भएको एक दशक भइसक्यो र उनले क्यान्सरबाट छुटकारा पनि पाइसकिन् तर पनि उनको वैवाहिक जीवनमा यसले नकारात्मक असर परिरहेको छ ।

उनि भन्छिन्, “मलाई थुप्रै विवाहको प्रस्ताव आउछ, तर जब उनीहरुले मेरो स्तन क्यान्सरको बारेमा बताउछु, अहिले शारिरमा क्यान्सर छैन तर पनि उनिहरु मलाई अस्विकार गर्छन् ।”

किशोर अवस्थामा बढ्दो स्तन क्यान्सर 

किशोरीहरुमा स्तन क्यान्सरको जोखिम बढ्दो छ, अस्वस्थ्य खानेकुरा र अन्तरजातीय विवाह र विशेष उपचारको कमिको कारणले गर्दा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै