• २०८१ बैशाख २० बिहीबार

राष्ट्र बैकले बैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै 

kharibot

काठमाडौं । बैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केका नेपाल नागरिकहरुको लागि राष्ट्र बैंकले बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बैदेशिक रोजगारीबाट प्राप्त आयलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्धेश्यसहित आर्कषक व्याजमा २० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री गर्न लागिएको हो । 

यही पुस एक गतेबाट पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र २०८१ (पाँच बर्षे) जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यही पुस एक गते अर्थात मंगलबार देखि पुस २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन पुस २७ गते र सावाँ भुक्तानी मिती २०८१ पुस २७ गते तोकिएको छ । 

राष्ट्र बैंकका अनुसार बार्षिक १० प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी प्रत्येक अर्धबार्षिकरुपमा हुने छ । बचतपत्र खरिदका लागि बैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले आवेदन दिन सक्नेछन । 

राष्ट्र बैंकका अनुसार बचत पत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको छ । बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन भने खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन समेत सकिने छ ।

बचतपत्र खरिदको लागि प्रभुु बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सेञ्चुरी कर्मसियल बैंक, सनराईज बैंक सहितका १० वटा संस्थाहरु तोकिएकाछन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै