• २०८१ बैशाख १७ सोमबार

बलिवुड बादशाह अमिताभले हातपारे ‘दादा साहेव फाल्के’ पुरस्कार

kharibot

फाइल तस्वीर

काठमाडौं । हिन्दी फिल्ममा अभिनय गरेर लाखौंको मन जितेका बलिवुड अभिनेता अमिताभ बच्चनले भारतिय सिनेमा क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार ‘दादा साहेव फाल्के’ प्राप्त गर्ने भएका छन् ।

जीवनको ७६ औं बसन्त पार गरिसकेका अमिताभ बच्चन भारतिय सिनेमाको सबैभन्दा लोकप्रिय कलाकार हुन् । यो पुरस्कार उनको जीवनको महत्पूर्ण पुरस्कारहरुमध्ये एक हुनेछ ।

केन्द्रिय सुचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक सञ्जाल ट्विटरमा 'बिग वि'ले दिने सबैभन्दा ठुलो पुरस्कारबारे जानकारी दिएका हुन् । यहि जानकारीसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको सिलसिला समेत शुरु भईसकेको छ ।

यस पुरस्कारको घोषणा पछि बलिवुडका स्टार कलाकारमात्रै नभई देशका अन्य चर्चित ब्यक्तित्वहरुले समेत बधाई दिएका छन् । 

अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले प्रकाशको ट्विटलाई रि-ट्विट गर्दै लेखेका छन्, ‘अत्यन्त धेरै खुशी र गर्व ।’ त्यस्तै छोरी स्वेता बच्चनले इन्ट्राग्राममा पुरानो तस्विर राख्दै दादा साहेव फाल्के पुरस्कारका लागि बधाई दिएकी छन् ।

करण जोहरले आफ्नो ट्विटमा लेखेका छन्, ‘भारतिय सिनेमाका सबैभन्दा ठुला प्रेरक ।' उनले अगाडी लेखेका छन्, 'उनी एक सच्चा रकस्टार हुन्, त्यसैले म अमिताभ बच्चनका युगको एक हिस्सेदार बन्न पाएकोमा गर्व गर्छु ।' 

त्यस्तै अभिनेता अनिल कपुरले लेखेका छन्, ‘अमिताभ बच्चन बिना भारतिय सिनेमा अपुरो छ । उनले प्रत्येक भुमिकामा सिनेमाको परिभाषा नै बदलेका छन् । अनगिन्ती योगदानका लागि उनी प्रशंसाका पात्र हुन् ।’

आफ्नो सुन्दर गितका कारण लाखौंको दिल जितेकी गायिका आशा भोसलेले पनि ट्विटरमा अमिताभ बच्चनको यस प्रगतीका लागि बधाई दिएकी छन् । 

फिल्मका कलाकार बाहेक अन्य राजनितीज्ञ, क्याविनेट मन्त्री लगायतले पनि उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । बधाई दिनेमा सुरेश प्रभु र कर्नाटकका मुख्य मन्त्री बीएस योदियुरप्पा जस्ता ठुला नाम पनि समावेश छन् ।

अमिताभले हालसम्म चार ओटा सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार, तीनओटा नागरिक पुरस्कार, चौधओटा फिल्मफेयर पुरस्कार, छ ओटा आईफा अर्वाड र एउटा एसियन फिल्म पुरस्कार हात पारेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै