• २०८१ बैशाख २० बिहीबार

यस वर्षको गाईजात्रा प्रदेश नम्बर २ को सिमरामा पनि हुने

kharibot

बारा । पछिल्लो समय काठमाण्डौंमा मात्र सिमित रहेको गाईजात्रा पर्व यस वर्ष प्रदेश नम्बर २ को सिमरामा पनि हुने भएको छ । 

स्थानीय स्तरमा संयोजन गरि रहेको होटल तथा पर्यटन व्यवसायी संघ र सिमरा फाउण्डेशन, बाराले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै भादौ १ गते बाराको सिमरामा गाईजात्रा प्रदर्शन हुँने जानकारी गराएको हो । 

पछिल्लो समय पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गएको जीतपुरसिमरा उपमहानगरको सिमरामा यस कार्यक्रमको आयोजना गर्न लागिएको हुदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको जानकारी दिए । 

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहिँत शैलेन्द्र सिंखडा , सुरेन्द्र केसी (मुलाको साग) , शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउँने आयोजक होटल व्यवसायी संघका अध्यक्ष लामिछानेले जानकारी दिए । 

मुलुकको संघीय संरचना अनुसार सात वटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी सुरु भएसँगै हास्य कलाकार गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सात वटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुँन् । 

सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रममा होटल व्यवसायी संघ र फाउण्डेशनले एक हजार पाँच सय र एक हजार गरी दुई किसिमको टिकट दर तय गरेको सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुँसेनले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित बनाउँन उक्त रकम खर्चिर्ने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनले जानकारी दिए । 

गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहिँत प्रदेशका मन्त्री , सांसद , स्थानीय तहका जनप्रतिनिधी, राजनितिक दलका नेता सहिँत पाँच सय जनालाई सहभागी गराउँने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै