• २०८१ बैशाख २० बिहीबार

प्रदेश नम्बर २ मा पर्यटन प्रवर्धन कसरी गर्न सकिएला ? 

kharibot

बारा । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न बाराको सिमरामा प्रदेश नम्बर २ स्तरीय सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँन लिएको लक्ष्यलाई पूरा गर्न यस कार्यक्रमको आयोजना गरिएको हो । 

भारतका सीमावर्ती सहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले जानकारी दिए । उनले नेपालको पर्यटन बजारको रुपमा रहेको भारतीय पर्यटकलाई नेपालमा र खास गरी प्रेदश नम्बर २ का धार्मिक एवं ऐतिहासिक स्थलसम्म ल्याउन गर्न सकिने पहल र सम्भावनाबारे स्थानीय सरोकारवालाहरुसँग छलफल गरिएको बताए । 

प्रबन्धक भट्टराईले प्रदेश नम्बर २ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दुई करोड भन्दा बढि रकम विनियोजित गरेको जानकारी दिँदै चालू आर्थिक वर्षले निर्देशित गरेको कार्यक्रममा लक्षित रहेर कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न यस कार्यक्रमको आयोजना गरेको जानकारी दिए । 

कार्यक्रममा भिजिट मधेशका अभियन्ता ओमप्रकाश सर्राफले प्रदेश नम्बर २ मा रहेको पर्यटनका स्थलहरुलाई अन्तराष्ट्रिय स्तरमा बेचन नसकेको बताए । उनले मधेशमा राज्यले पर्यटन प्रबद्धन गर्न कुँनै ठोस् योजना लिएर नआएको बताउँदै आफ्नों भिजिट मधेश अभियानले खास गरी प्रेदश नम्बर २ मा रहेका पर्यटनका सम्भावनालाई विश्व बजार सम्म पु¥याउने काम गरी रहेको जानकारी दिए । 

नेपाल पर्यटन बोर्डले प्रदेश नम्बर २ लाई पर्साको रानीपोखरी, घडिअर्वा पोखरी, विश्व प्रशिद्ध बाराको गढीमाई मन्दिर, सिम्रौनगढ दरबार, रौतहटको मरघर सिमसार हुँदै धनुषाको जानकी मंदिर सम्म जोड्न सकिने साथै पार्स राष्ट्रिय निकुञ्ज हँुदै चितवन राष्ट्रिय निकुञ्ज र नेपालका विभिन्न स्थानमा पर्यटकलाई पु¥याउन सकिने सम्भावनालाई प्रस्तुत गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै