• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभामा प्रदेश नम्बर २ बाट सबै निर्बिरोध निर्वाचित

kharibot

काठमाडौं । प्रदेश नम्बर २ मा राष्ट्रियसभाका आठै सदस्य निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले आजै नाम फिर्ता लिएपछि खुलातर्फ पनि निर्विरोध भएको छ ।

खुलातर्फ ४ जनाको उम्मेदवारी रहेकोमा हुसैनले नाम फिर्ता लिएसँगै ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यतालिका अनुसार सोमबारसम्म उम्मेदवारी फिर्ता लिने म्याद थियो ।

योसँगै प्रदेश नम्बर २ मा नेपाली काँग्रेसका जितेन्द्रनारायण देव, राजपाका रमेश यादव र एमालेका सुमन प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताको दिन महिलातर्फ तीन जना, दलित र अल्पसंख्यकतर्फ एक–एक जना निर्विरोध निर्वाचित भएका थिए ।

महिलातर्फ काँग्रेसकी मुक्ताकुमारी यादव माओवादी केन्द्रकी शशीकला दाहाल र फोरमबाट प्रमिलादेवी यादव निर्विरोध भएका थिए भने अल्पसंख्यकबाट राजपाका बृषेशचन्द्र लाल, दलितबाट संघीय समाजवादी फोरमका रामपृत पासवान निर्विरोध भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै