• २०८१ बैशाख २० बिहीबार

प्रदेश नम्बर २ मा दुर्घटना दर घट्यो, मृत्यू दर बढ्यो

kharibot

फाइल तस्बीर

बिरगंज । प्रदेश नम्बर २ मा सावारी दुर्घटना दर घटे पनि मृत्यू दर भने अझै घट्न सकेको छैन । गत आर्थिक वर्षको तुलना गएको आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आए पनि मृत्यू हुनेको संख्या भने बढेको हो । 

आर्थिक वर्ष ०७४-७५ भन्दा आर्थिक वर्ष ०७५-७६ मा सवारी दुर्घटनाको संख्यामा कमि आएको छ । प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैया बाराका अनुसार यस प्रदेशमा आर्थिक वर्ष ०७४-७५ भन्दा आर्थिक वर्ष ०७५-७६ मा एक सय ९१ वटा सवारी दुर्घटना कम भएको छ ।

प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष ०७५-७६ मा ९ सय १४ वटा सवारी दुर्घटना भएको जनाएको छ । यसै अवधिमा आर्थिक वर्ष ०७४-७५ मा ११ सय पाँच वटा सवारी दुर्घना भएको थियो । 

सवारी दुर्घटनामा कमि आए पनि मृत्यु हुनेको संख्यामा खासै कमि नआएको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाको तथ्याङ्कले देखाएको छ । दुर्घटना न्युनिकरण भए पनि ग्रामिण भेगमा ज्यामिती नमिलाई बनाईएको सडकका कारण हुने दुर्घटनामा मृतकको संख्या बढेको प्रेदश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए । 

उनले ग्रामिण भेगमा हुँने एउटै दुर्घटनामा ४÷५ जनाको मृत्यु हुँने गरेको बताउँदै ग्रामिण सकड बनाउँदा ज्यामिती मिलाएर बनाउँन आग्रह गरे । 

सवारी दुर्घटनामा सबै भन्दा बढि ६ सय १५ वटा मोटरसाईकल रहेको छ । भने दोस्रोमा एक सय ७५ वटा कार जिप रहेको छ । यसैगरी दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि नै रहेको ट्राफिक प्रहरी उपरिक्षक पालले बताउँदै उनले सवारी न्युनिकरण गर्न प्रदेश ट्राफिक प्रहरीले समय समयमा बिभिन्न चेक जाँचका साथै जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका बताए । 

हाल प्रहरीसँग जनशक्तिका साथै अन्य विभिन्न उपकरणको पर्याप्तता नहुँनुले पनि सवारी चेक जाँच प्रभावकारी हुन् नसकेको तर , चाँडै नैं यस प्रेदशका सबै जिल्लामा रडार गन, ब्रेथलाईजर पु¥याउँने तैयारी भैरहेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै