• २०८१ बैशाख २० बिहीबार

प्रदेश नम्बर २ मा बलात्कार घटनाको अवस्था भयावह

kharibot

प्रतिनिधि तस्वीर

बारा । 'बलत्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे' लगायतको बिभिन्न नारा सहिँत अहिले बारा लगायत प्रदेश नम्बर २ को बिभिन्न सहरमा दिनहुँ महिलाहरुले दबाब मुलक कार्यक्रम गरी रहेका छन् ।

बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौंन बसेको र कसैले पिडितको न्यायको लागी चाँसो नदेखाएको भन्दै बलत्कृतको न्यायको लागी दबाब मुलक कार्यक्रम गरिएको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।

अहिले बलत्कारका घटना देश व्यापी रुपमा रहेको छ , तर अन्य भन्दा प्रदेश २ को अवस्था भने निकै नैं भयावह रहेको देखिन्छ । ‘बेटी पढाउ , बेटी बचाउ अभियान’ अभियान प्रदेश २ मा सञ्चालन गरिको भएता पनि बढ्दो बलात्कार र हिंसाका घटनाले प्रदेश नम्बर २ मा महिला सबै तिर असुरक्षित रहेको देखाएको भन्दै सरोकारवाला निकायलाई दबाब दिनका लागी प्रदेश २ का प्रत्येक जिल्लाबाट युवा तथा महिलाहरुको संगठन एकजुट भएर कार्यक्रमा सहभागी भईरहेका छन् ।

पछिल्ले समय बर्दिवासमा ६ वर्षिय बालिका बलत्कार पछि हत्या भएको छ । प्रदेश २ मा रुढीवादी सोच , परम्पराका कारण अहिले बलत्कार जस्तो घटना प्रहरी र राजनितिकर्मी मिलेर यस्ता घटना दबाउँन चलखेल गर्दैछन् ।

पिडितको मुद्दा दर्ता नगर्ने र अपराधिलाई खुल्ला रुपमा घुम्न दिने प्रवृति बढेको र ग्रामिण क्षेत्रहरुमा गाउँ स्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायती बाटै बसेर बलात्कारीलाई बचाउँने कार्य हुँदै गरेको महिला अधिकारकर्मी गीता कँडेलले बताईन् ।

बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रुपमा उजागर हुन थालेको महसुस भएको छ । भने सभ्य समाज , अनुशासित नागरिक र व्यवस्थित सभ्यता यी समाज विकासका आधार हुँन् । तर, पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्यादित पुरुष माथी नैं प्रश्न चिन्ह उठ्न थालेको अर्की महिला अधिकारकर्मी बिभा कार्कीले बताईन् ।

बलत्कारको संविधान नैं संशोधन गरेर अब बलत्कारीलाई फाँसीको सजाय दिने व्यवस्था नगरे सम्म छोरी चेली सुरक्षीत नहुँने र यस्ता यस्ता घटनामा कडा कानुन ल्याएर प्रहरी र राजनितिक दलको हस्तक्षेप बन्द गर्नु पर्ने उनको भनाई रहेको छ ।

महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि प्रदेश सरकारले समेत खासै चाँसो दिएको पाईंदैन भने बेटी पढाउ, बेटी बचाउ अभियान समेत ओझलमा परेको छ ।

प्रदेश नम्बर २ मा बलत्कारका घटनाहरु दिनानुदिन बढ्नुको मुख्य कारण भने फित्तलो कानुन रहेको प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको भनाई छ । संविधान नै संशोधन गरेर अब बलत्कारीलाई फाँसीको सजाय दिने व्यवस्था वा खाडी मुलुकमा जस्तै ढुङ्गाले हानेर दण्ड नगरे सम्म छोरी चेली सुरक्षीत नहुने मुख्यमन्त्री राउतले बताए ।

बलात्कारका मुद्दामा अदालतबाट महिला वा बालिकाले छिटो न्याय नपाउँदा पनि घटना बढिरहेको देखिन्छ । न्यायका निम्ति पीडित महिला र बालिका बारम्बार अदालत पुग्नु पर्ने अवस्था मात्र नभई उनीहरुलाई सोधिने हतोत्साही बनाउने किसिमको प्रश्नले पीडित थप पीडित हुने गरेको अनुभव कतिपयको छ ।

बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जादा समाजको विकृतिको रुपमा उजागर हुन् थालेको महसुस भएको छ । भने सभ्य समाज , अनुशासित नागरिक र व्यवस्थित सभ्यता यी समाज विकासका आधार हुन् । तर , पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्यादित पुरुष माथि नैं प्रश्न चिन्ह उठ्न थालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै