• २०८२ पौष ८ मंगलबार

अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिजको घोषणा

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिज बन्ने भएको छ । निर्माण पक्षले फिल्म दृश्यम- ३ को रिलिज मिति सार्वजनिक गरेका छन् । दृश्यमको तेस्रो सिरिज निर्माणको घोषणा गर्दै यो फिल्म अक्टोबर २, २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । 

फिल्मका पूर्व स्टारकास्ट, अजय देवगन, तब्बु, श्रिया सरन र रजत कपूरको अभिनय रहने छ । फिल्ममा अजयका बच्चाहरूको भूमिका निर्वाह गरेका इशिता दत्ता र मृणाल जाधव पनि हुने जानकारी दिइएको छ ।

दृश्यम-२ मा प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका अक्षय खन्ना फिल्मको हिस्सा हुने नहुने बारे स्पष्ट छैन । फिल्मको हाल छायांकन भइरहेको बताइएको छ ।

दृश्यम फ्रान्चाइजीको कुरा गर्ने हो भने, यो मलयालम फिल्मको रिमेक हो, जसको शीर्षक पनि दृश्यम नै थियो । फिल्मको पहिलो भाग २०१५ मा रिलिज भएको थियो, जसमा विजय सालगांवकरको कथा चित्रण गरिएको थियो । विजय आफ्नो परिवारसँग गोवामा बस्छन् र आफ्नो घरमा भएको हत्यापछि आफ्नो परिवारलाई कानूनको पञ्जाबाट बचाउन आफ्नो बुद्धिमत्ता प्रयोग गर्छन् । निशिकान्त कामतद्वारा निर्देशित यो फिल्मले ठूलो सफलता हासिल गर्‍यो, विश्वव्यापी रूपमा १९७ करोड कमाएको थियो । सात वर्ष पछि, २०२२ मा, यसको सिक्वेल रिलिज भयो र पहिलो भाग भन्दा पनि ठूलो हिट साबित भयो । दृश्यम-२ ले विश्वव्यापी रूपमा ३४५ करोड कमाएको थियो ।

अब, चार वर्ष पछि, अभिषेक पाठकद्वारा निर्देशित दृश्यम-३ आउँदैछ । कथा अभिषेक पाठक, अमिल कियान खान र परवेज शेखले लेखेका छन् । पाठकले दृश्यम-२ पनि निर्देशन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै