• २०८२ कार्तिक १९ बुधबार

काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

kharibot

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ ।

आइतबार ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको थियो । ताला लगाएका युवाहरुले आजको केन्द्रिय समितिको बैठक बस्नुअघि ताला खोलेका हुन् ।

ताला खोल्नु अघि उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर आफ्ना माग बारे जानकारी गराएको र खड्काले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलेका थिए । 

यस अघि आइबार उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेर पार्टी कार्यालय अगाडी नाराबाजी गर्नुका साथै कार्यालय प्रवेश गर्ने मूल ढोकामै ताला लगाइदिएका थिए । 

महाधिवेशन बारे विवाद हुदा कांग्रेसको शुक्रबार र आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएर आज बस्न लागेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै