• २०८१ चैत ६ बुधबार

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

kharibot

काठमाडौँ । काठमाडौँको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ।

सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गएराती क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो । क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ । 

निर्वाचन समितिका संयोजक महेश भट्टराईले सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै