• २०८१ चैत ६ बुधबार

सुनिता र बुचको पृथ्वीमा फर्किने प्रक्रिया शुरु हुदै, यस्तो छ टाइमलाइन

kharibot

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किने बारे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ ।  सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरुलाई फर्किने प्रक्रिया शुरु हुन लागेको छ । 

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू-९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार मंगलबार बिहानदेखि शुरु हुने बताएको छ ।

नासाले सुनिता र बुचका अलावा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोस अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बुनोभ पनि सँगै फर्किन लागेको जानकारी दिएको छ ।  आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए । 

सुनिता र बुचको पृथ्वीमा फिर्तीको टाइमलाइन:

नेपाली समय अनुसार आज बिहान १०: ५० बजे, अन्तरिक्ष यानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग अर्थात् अनडक गरिने नासाले जानकारी दिएको छ । ड्र्यागनको अनडकिङ धेरै कारकहरूमा निर्भर गर्दछ । यसमा सवारी साधन र रिकभरी टोलीको तयारी, मौसम, समुद्री अवस्था र अन्य कारकहरू समावेश रहेको बताइएको छ । क्रु-९ को फिर्तीको नजिकै नासा र स्पेसएक्सले स्प्लासडाउन स्थान पुष्टि गर्नेछन् ।

टाइमलाइन:

मार्च १८ बिहान ०८.३० बजे – ह्याच क्लोज ।
बिहान १०: ५० बजे – अनडकिङ (अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अन्तरिक्ष यानको अलगीकरण) ।
मार्च १९ को बिहान २. ५६ बजे – डिओर्बिट बर्न (वायुमण्डलमा अन्तरिक्षयानको प्रवेश) ।
मार्च १९ को बिहान ३:४२ बजे – स्प्लासडाउन (समुद्रमा अन्तरिक्ष यानको अवतरण) ।
मार्च १९ को बिहान ५: १५ बजे – नासाको पत्रकार सम्मेलन ।

नासाले स्प्लासडाउनको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ । यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै