• २०८१ चैत ६ बुधबार

आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी

kharibot

काठमाडौं । सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ । 

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । 

यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै उनीहरुले त्यसो नभएका खण्डमा उत्पन्न परिस्थितिको जवाफदेही क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिएका छन् । 

अर्कोतर्फ नेविसंघले भने चुनाव हार्ने डरले अनेरास्ववियुले मध्यरातमा तालाबन्दी गरेको आरोप लगाएको छ । आरआर क्याम्पसलाई परम्परागत रुपमा अनेरास्ववियुको गढ मानिन्छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै