• २०८१ फाल्गुण १४ बुधबार

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

kharibot

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ । मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो ।

जी न्युज इन्डियाले गोविन्दा एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको भन्दै सोही कारण सुनिताले डिभोर्स लिन चाहेको समाचार उल्लेख गरेको छ । तर, ती मराठी अभिनेत्री को हुन् भन्ने नाम खुलाइएको छैन । गोविन्दा र सुनिताबीच ३७ वर्ष अगाडि विवाह भएको थियो । सुनिता नेपाली मूलकी हुन् ।

केही समयअघिदेखि नै सुनिताले मिडियामा आफू अलग्गै बस्दै आएको बताउँदै आएकी छन् । गोविन्दा खराब मानिसको संगतमा रहेकाले आफू छोराछोरी अलग्गै बसेको उनको भनाइ थियो । गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो । दुवैको जीवनशैली पनि फरक छ । गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन् । तर आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो ।

मिडियाले चलाएका डिभोर्सको अफवाहमा गोविन्दा र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै