• २०८१ फाल्गुण १३ मंगलबार

१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने

kharibot

काठमाडौँ । १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले २०२६ को जनवरीमा १४औं साग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष करिब साहिदको अध्यक्षमा भएको बैठकमा महासंघका सबै सात सदस्यको सहभागिता रहेको थियो । त्यसमध्ये भारतको ओलम्पिक कमिटीका प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाएका थिए । नेपालका तर्फबाट बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए ।

बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाईको रहेको छ । बाँकी २५ खेलमा कम्तिमा चार देशको सहभागिता नरहने खेललाई हटाइने छ ।

खेलमा समावेश हुने स्पर्धालाई लिएर अब आउने मार्चमा बैठक हुनेछ र अन्तिम निर्णय अप्रिलमा हुनेछ । अप्रिलमा हुने बैठकपछि टेक्निकल बुक वितरण गरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै