• २०८१ फाल्गुण १४ बुधबार

दिल्लीको मुख्यमन्त्रीको रुपमा रेखा गुप्ताले लिइन् शपथ

kharibot

काठमाडौँ । भारतको दिल्ली राज्यको मुख्यमन्त्रीको रुपमा रेखा गुप्ताले नवौं मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उपराज्यपालले उनलाई विहिबार रामलिला मैदानमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराएका हुन् । उनी पहिलो पटक शालिमार बागबाट विधायक निर्वाचित भएकी थिइन् ।

रेखा गुप्ता दिल्लीमा चौथो महिला मुख्यमन्त्री बनेकी छन् । यसअघि बिजेपीबाट सुष्मा स्वराज, कांग्रेसबाट शिला दिक्षित र आम आदमी पार्टीबाट आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेका छन् ।   

शपथ ग्रहण  समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका भारतीय जनता पार्टीका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै दिल्ली सरकारको मन्त्रीको रुपमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवाललाई पराजित गरेका प्रवेश वर्मा, जनकपुरी विधानसभाका विधायक आशिष सूद, राजौरी गार्डेन विधानसभाका विधायक मनजिंदर सिंह सिरसा, बवानाका भाजपा विधायक रविन्द्र इन्द्रराज सिंह, 
करावल नगरबाट निर्वाचित विधायक तथा आम आदमी पार्टीका पुर्व नेता कपिल मिश्राले मन्त्री पदको शपथ लिएका छन् । त्यस्तै विकसपुरीबाट बिधायक बनेका पंकज सिंहले मन्त्रीको शपथ लिएका छन् ।

हालै सम्पन्न विधान सभा निर्वाचनमा बिजेपी २७ बर्षपछि सत्तामा फर्किदै ७० मध्ये ४८ सिट जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै