• २०८१ फाल्गुण १० शनिबार

फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राईको इन्ट्री

kharibot

काठमाडौँ । कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राईको इन्ट्री भएको छ । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् ।

योसँगै फिल्ममा केदार र विल्सनको जुगलबन्दी पक्का भएको छ । दुवैले ७ वर्षपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । पछिल्लो पटक उनीहरुले फिल्म ‘रामकहानी’मा सँगै काम गरेका थिए ।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै आर्यन सिग्देल, वर्षा सिवाकोटी, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ लगायतका कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा लेखन रहेको छ । फिल्मको यही महाशिवरात्रीको दिनदेखि छायांकन सुरु हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै