काठमाडौँ । भारतको नयाँ दिल्लीमा रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।
दिल्ली विधानसभा चुनावमा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको भारतीय जनता पार्टीले रेखा गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो ।
भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको चुनावको लागि सांसद तथा पूर्व केन्द्रीय मन्त्री रविशंकर प्रसाद र भाजपा राष्ट्रिय सचिव ओपी धनकरलाई केन्द्रीय पर्यवेक्षकको रूपमा नियुक्त गरेको थियो ।
नयाँ मुख्यमन्त्री गुप्ताले फेब्रुअरी २० मा पद तथा गोपनियताको शपथ लिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।