काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्न लागेको हो ।
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।